यी हुन् राष्ट्रपति-उपराष्ट्रपति चुनावमा भोट हाल्ने ८८१ मतदाता (सूचीसहित) – Nepal Press

यी हुन् राष्ट्रपति-उपराष्ट्रपति चुनावमा भोट हाल्ने ८८१ मतदाता (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने मतदाताको नामावली सार्वजनिक गरेको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली सार्वजनिक गरेको हो ।

वुधबार ८८१ जनाको नामावली सूची प्रकाशन गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृता शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनका अनुसार संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ ।

मतदाता नामावलीको दाबी विरोधको उजुरी वुधबार बिहान ११ बजेदेखि बिहीबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको सहायक प्रवक्ता शर्माले बताइन् ।

प्रतिनिधि सभा सांसदकाे नामावली 

प्रदेश सभा सांसदकाे नामावली 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर