राष्ट्रपतिबारे झलनाथ भन्छन्- हामीसँग निकै ठूलो मत छ, एमालेसँग मिल्ने आधार तयार भएको छैन (भिडिओ) – Nepal Press

राष्ट्रपतिबारे झलनाथ भन्छन्- हामीसँग निकै ठूलो मत छ, एमालेसँग मिल्ने आधार तयार भएको छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले राष्ट्रपतिमा चासो राखेको बताएका छन् ।

आज सचिवालय बैठकपछि उनले पार्टी अध्यक्ष माधप नेपालले एमाले अध्यक्ष केपी ओलीसँग भएको छलफलबारे बिफ्रिङ गराएको बताए ।

उनले भने, ‘अध्यक्षज्यूले भेटघाटबारे रिपोर्टिङ गर्नुभयो । तर, राष्ट्रपतिको प्रस्तावबारे जानकारी भएन । अध्यक्षबाट बिफ्रिङ नभएपछि हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव नआएको बुझ्नुपर्‍यो । हामीसँग पनि निकै ठूलो मत छ । त्यसैले राष्ट्रपतिको निर्वाचनबारे हाम्रो चासो रहन्छ । सबैसँग कुराकानी गर्छौँ ।’

एमालेसँग कुरा मिल्ने सम्भावना कतिको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘कुरा मिल्दै-मिल्दैन कसरी भन्नु र ? मिल्छ भन्ने आधार तयार भएको छैन ।’

उनले पाँचदलीय गठबन्धन ब्यूँताउने र राष्ट्रपतिको विषयमा अन्य दलहरूसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर