सुदूरपश्चिमका मुख्यमन्त्री शाह र कांग्रेस नेता सिंहबीच भेटवार्ता – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र कांग्रेस नेता सिंहबीच भेटवार्ता

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । वुधबार बिहान चाक्सीवारी पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन् ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्थाबारे नेता सिंहलाई जानकारी गराएका थिए । उनले विश्वासको मतबारे विभिन्न दलहरूसँग छलफल गरिरहेको समेत नेता सिंहलाई जानकारी गराएको बताइएको छ ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकेपछि कांग्रेस संसदीय दलका नेता शाह माघ २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान यथावत् राखेको छ भने माओवादी केन्द्रले केन्द्रको राजनैतिक समीकरण कुरिरहेको छ । यसैबीच शाह विश्वासको मत पाउने वातावरण सृजना गर्न काठमाडौँ गएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर