राष्ट्रपति चुनावबारे छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक – Nepal Press

राष्ट्रपति चुनावबारे छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको पार्टीका महासचिव डा. बेदुराम भुसालले बताए ।

बैठकमा अध्यक्ष नेपालले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने र राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको धारणा बनाउने कार्यसूची छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति दिएर पार्टी एकताको प्रस्ताव गरेको चर्चा छ । बैठकमा ओलीसँगको भेटबारे पनि अध्यक्ष नेपालले पार्टीमा जानकारी गराउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर