यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका – Nepal Press

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली वुधबार प्रकाशन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । त्यसपछि दाबी, विरोध, उजुरी लगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका छ ।

त्यस्तै, आयोगले १२ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने र १३ गते उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ ।

त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते, उम्मेदवारविरुद्ध उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन र निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते र मतदान गर्ने २५ गते रहेको छ ।

उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारको मनोनयन, २७ गते उम्मेदवारको विरोधमा उजुरी, २८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २८ गते नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २८ गते दिउँसो उम्मेदवारले नाम फिर्ता लिने र २८ गते साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत ३ गते भने मतदान उपराष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर