एनआईसी एशिया क्यापिटलको सञ्चालक अध्यक्षमा सन्तोषकुमार राठी – Nepal Press

एनआईसी एशिया क्यापिटलको सञ्चालक अध्यक्षमा सन्तोषकुमार राठी

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षतामा सन्तोषकुमार राठी नियुक्त भएका छन् । सञ्चालक समितिको सोमबार सम्पन्न १२०औं बैठकले राठीलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो ।

बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त सञ्चालक समितिका अध्यक्ष राठीले हासिल गरेको लामो कार्य अनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाइ क्यापिटलले थप नयाँ उचाइमा पुग्ने विश्वास बैंकले लिएको छ ।

क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमाससम्म ५ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको, प्रतिशेयर आम्दानी ५६.१० कायम गरेको, दोस्रो त्रैमासको अन्त्यसम्म म्युचुअल फण्डअन्तर्गत ४ बन्दमुखी र एउटा खुलामुखी योजना गरी ५ वटा योजना सञ्चालन गरिरहेको र क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ समेत सञ्चालन गरिरहेको जनाइएको छ ।

क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नवीकरण गर्ने, ‘एसपीआई’ सहित खुलामुखी योजनाको इकाईको खरिद पुनः खरिद र लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत लिन सकिने व्यवस्था मिलाएको र आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाइज रुपमा उपलब्ध गराउने रणनीति लिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *