‘रियलमी १०’ सार्वजनिक, छिट्टै नेपालमा आउँदै – Nepal Press

‘रियलमी १०’ सार्वजनिक, छिट्टै नेपालमा आउँदै

काठमाडौं । रियलमीले नयाँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।

उक्त स्मार्ट फोनमा ७.९५ मिमि मोटाइ रहेको, ५००० एमएएचको ब्याट्रि जडान गरिएको कम्पनीले बताएको छ । गेम खेल्न, परिवार र साथीसँग फोनमा कुराकानी गर्न रियलमीले होल्डिङ एक्स्पिरियन्स लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको बताएको छ ।

नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाइ भएको बताएको छ । ६.४ इन्चको ठूलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम ५००० एमएएचको ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन रहेको छ । त्यस्तै ३।५ मिमिको हेडफोन ज्याक र २ सय प्रतिशत अल्ट्राबुम स्पिकर रहेको कम्पनीले सार्वजनिक गरेको हो ।

यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा पनि छिटै लन्च हुने नेपालको आधिकारीक बिक्रेताले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *