त्रिवि मैदानमा सन्दीपको जादुः आक्रामक स्कटल्यान्डलाई एक्लै काउन्टर – Nepal Press

त्रिवि मैदानमा सन्दीपको जादुः आक्रामक स्कटल्यान्डलाई एक्लै काउन्टर

पाँच ओभरमै लिए चार विकेट

काठमाडौं । स्कटल्यान्ड र नेपालबीचको दोस्रो एकदिवसीय खेल अहिले त्रिवि मैदानमा जारी छ । अहिलेसम्मको खेल हेर्दा सन्दीप लामिछाने भर्सेस स्कटिस ब्याट्सम्यानजस्तो देखिएको छ । सनसनीपूर्ण बलिङ गर्दै उनले पाँच ओभरमै चार विकेट लिइसकेका छन् ।

टस हारेर ब्याटिङमा बोलाइएका स्कटिस ओपनरहरुले फास्ट बलरहरुविरुद्ध राम्रो सुरुवात गरेका थिए । सोमपाल कामी र करण केसीले नेपाललाई सुरुवाती सफलता दिलाउन सकेनन् ।

करणले प्रशस्त रन खर्चिए भने सोमपालले कसिलो बलिङ गरे पनि विकेट लिन चुके । अन्ततः कप्तान रोहित पौडेलले आठौ ओभरमा नै सन्दीपलाई बलिङमा उतार्न वाध्य भए । सन्दीपले पनि कप्तानलाई निराश बनाएनन् । उनले आफ्नो पहिलो ओभरमै विकेट लिएर नेपालको विकेट खाता खोलेका थिए ।

नेपालका प्रमुख बलर सन्दीपमाथि हावी भएर खेल्ने स्कटिस टिमको रणनीति देखिएको छ । सन्दीपमाथि उनीहरु लगातार ठूला सट खेलिरहेका छन् । अर्कोतर्फ सन्दीपले पनि स्कटल्यान्डका थप तीन विकेट झारेर आफ्नो क्षमता देखाइदिएका छन् । सन्दीपले आफ्नो दोस्रो ओभरको पाचौं र छैटौं बलमा लगातार विकेट लिन सफल भएका थिए ।

विष्फोटक अन्दाजमा खेलिरहेका जर्ज मुन्सेलाई सन्दीपले बोल्ड गरेसँगै नेपाल खेलमा फर्किएको थियो । कुशल मल्लले एक विकेट थप्दै नेपालको विकेट संख्या चार पुर्याए । त्यसपछि सन्दीपले फेरि आफ्नो पाचौं ओभरमा चौंथो विकेट लिन सफल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर