घुडाँको चोटले नेइमार एक महिना मैदान बाहिर – Nepal Press

घुडाँको चोटले नेइमार एक महिना मैदान बाहिर

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेइमार गम्भीर घाइते भएका छन् ।

फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेइमारले घुँडाको चोट बोक्न पुगेकाका कारण उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो ।

‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन तर उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ,’ फ्रान्सेली क्लब पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनु पर्ने भएको क्लबले जनाएको छ ।

बेन्जामीन आन्द्रेले गरेको ट्याकलमा ब्राजिलियन स्टार नेइमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो ।

यो पिएसजीको लागि ठुलो झट्काको रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर