स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन – Nepal Press

स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।  स्कटल्याण्डले पनि नेपाललाई हराउँदै बदला लिन चाहन्छ ।

नेपालले  आजकाे खेलमा एक खेलाडी परिवर्तन गरेकाे छ । गुल्शन झाकाे  ठाउँमा ललित राजवंशीलाई टिममा समावेश गरेकाे  छ ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल,ललित राजवंशी।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर