माधव नेपालले भने- पूर्वराजाको वक्तव्य अनाधिकृत र आपत्तिजनक, सबैले प्रतिवाद गरौं – Nepal Press

माधव नेपालले भने- पूर्वराजाको वक्तव्य अनाधिकृत र आपत्तिजनक, सबैले प्रतिवाद गरौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो । नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि “श्री ५ महाराजधिराज” नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको व्यहोरा सर्वविदितै छ । उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति जसरी लाञ्छना लगाइएको छ, त्यो आपत्तिजनक छ ।’

केहि दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटक(पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्था विरुद्ध बोल्नु गलत भएको बताए।

‘यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ । अतः सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरू यस खाले गतिविधिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ’ उनले भनेका छन्।

प्रतिक्रिया

One thought on “माधव नेपालले भने- पूर्वराजाको वक्तव्य अनाधिकृत र आपत्तिजनक, सबैले प्रतिवाद गरौं

  1. गणतन्त्र र लोकतन्त्रको नाम मा लुटेर देश खोक्रो बनाउने तिमि हरु देशद्रोही भन्दा बरु राजतन्त्र नै ठिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर