माओवादी बैठक : राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई (भिडिओ) – Nepal Press

माओवादी बैठक : राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।
‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर