प्रचण्डलाई एमालेले उद्दार गरेकाे हो : योगेश भट्टराई (भिडिओ) – Nepal Press

प्रचण्डलाई एमालेले उद्दार गरेकाे हो : योगेश भट्टराई (भिडिओ)

सुर्खेत । नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले माओवादी नेतृत्वको सरकार गठन गर्न पुष्पकमल दाहाल प्रचण्डलाई एमालले उद्दार गरेको बताएका छन् ।

एमालेले सुरू गरेको मिसन ग्रासरूट अभियान अन्र्तगत सुर्खेतमा आयोजित एक कार्यक्रममा सचिव भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे ।

उनले भने, ‘जनादेशअनुसार हामी प्रतिपक्षको मानसिकतामा थियौं, कांग्रेसले प्रधानमन्त्री नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो र हामीले प्रधानमन्त्री बनाएर उद्दार गरिदियौं ।’

एमालेलाई राष्टपतिमा सघाउने माओवादीकै प्रस्ताव भएको चर्चा गर्दै सचिव भट्टराईले आफैंले गरेको प्रस्तावबाट प्रचण्ड पछि नहट्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रचण्डसँग हामीले राष्टपति मागेको होइन, उहाँ आफैंले एमालेलाई राष्टपति दिने प्रस्ताव गर्नु भएको हो, अबपछि हट्न मिल्दैन । एक फरक प्रसंगमा सचिव भटटराईले २०६२ सालपछि माओवादी पार्टी एमालेकरण भएको र नेपाल कम्युनिष्ट पार्टी विभाजन नभएको भए कमरेड प्रचण्ड नै जनताको बहुदलीय जनवादको असल व्याख्याता भैसक्ने उनको भनाई थियो ।

अभियानको कर्णाली संयोजकसमेत भट्टराईले ग्रासरूट अभियानका सबै कार्यक्रमहरू तल्लो तहसम्म पुग्ने र यसले पार्टीको फुलवडी चेकअप गर्ने दाबी गरे ।

सचिव भट्टराईले भने शरिरको फुलबडी चेक गर्दा जसरी सुगर, प्रेसर, युरिक एसिड जस्ता सबै रोगहरूको जाँच गरिन्छ त्यसैगरी एमालेको ग्रासरूट अभियानले पार्टीका सबै रोगहरूको पहिचान गरि निवारण अभियान चलाईन्छ ।

सचिव भट्टराईले नेकपा एमालेको परिपक्वताकै कारण माओवादीले सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आएको बताए । उनले भने, ‘कम्युनिष्टसँग हात मिलाएपछि हात धुनुपर्छ भन्ने मान्यता बोक्ने गिरिजा बाबुलाई माओवादीसँग वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउने वातावरण एमाले नै गरेको हो ।’

कार्यक्रममा स्थायी कमिटी सदस्य यामलाल कंडेल, गोरखबहादुर बोगटी, केन्दीय सदस्य विष्णु रिजाललगायते अभियानका सन्दर्भमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर