सरकारलाई गतिशील बनाउन प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ : सभामुख घिमिरे – Nepal Press

सरकारलाई गतिशील बनाउन प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘बहुमत हुँदैमा सरकारलाई संसदप्रति उत्तरदायी नहुने छुट छैन’ 

काठमाठौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताएका हुन् ।

संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशील बनाउनका लािग प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राखे ।

उनले आयोगले सिमित स्रोत साधनका बाबजुद धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समितिमात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे ।
विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरु दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरुप्रति सरकार जवाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाईमा एकरुपता आवश्यक पर्ने बताए । मुलुकमा वस्ने प्रत्येक व्यक्तिहरु, समुदाय सवैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केही समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशीता भन्न नमिल्ने उनले बताए ।

कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरुले विभिन्न आयोगको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सवै अवरोध हटाऔ र यसका अवसरहरुको उपयोग गरौं भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर