जितविहीन भएपछि नामिबियाका प्रशिक्षकले भने- अहिलेसम्मकै निराशाजनक शृंखला – Nepal Press

जितविहीन भएपछि नामिबियाका प्रशिक्षकले भने- अहिलेसम्मकै निराशाजनक शृंखला

काठमाडौं । आईसीसी पुरुष विश्पकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबिया जितविहीन भएपछि नामिबियाका सहायक प्रशिक्षक एलबी मोरेलले हालसम्मकै निरासाजनक शृंखला भएको बताएका छन् ।

सोमबार शृंखलाका ४ मध्य अन्तिम खेल खेलेको नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित हुँदा जितविहीन भएको थियो । लिग २ मा जितविहीन भएको नामिबियाको यो पहिलो शृंखला हो । हारसँगै आफुहरु यस्तो नतिजाको अपेक्षा गरेर नेपाल नआएको मोेलले बताए ।

‘हालसम्मकै निराशाजनक रह्यो यो शृंखला हाम्रो लागि । यस्तो नतिजाको हामीले अपेक्षा गरेका थिएनौं,’ उनले भने ।

यस्तै, उनले नामिबियाले ब्याटिङमा राम्रो गर्न नसकेर नै यो हार व्यहोर्नु परेको र नेपालमा खेल्न आफूले सोचेभन्दा सहज भएको प्रतिक्रिया दिए ।

‘नेपालमा हामीले अपेक्षा गरेभन्दा सहज भयो खेल्नलाई । हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं । आगमी २



खेलमा यो गल्ती सुधार गरेर मात्रै हामी शीर्ष तीनमा पर्ने सम्भावना बाँकी रहन्छ,’ उनले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर