ओखलढुंगाका सीडीओ र सहायक सीडीओ दुवैजना महिला – Nepal Press

ओखलढुंगाका सीडीओ र सहायक सीडीओ दुवैजना महिला

काठमाडौं । ओखलढुंगामा दोस्रो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) महिलाले सम्हालेका छन् । हाल त्यहाँ उपसचिवद्वय प्रदर्शनी कुमारी सीडीओ र सन्ध्या सिग्देल सहायक सीडीओ छन् ।

कुमारीलाई गृहमन्त्रालयले माघ ११ गतेदेखि प्रजिअको जिम्मेवारी दिएको हो । सिग्देल करिब १ वर्षदेखि सहायक सीडीओ छिन् ।

ओखलढुंगामा पहिलो महिला सीडीओको रूपमा उपसचिव मुनका न्यौपाने थिइन् । २०७५ साउन १६ देखि २०७५ चैत १७ सम्म ८ महिना उनले प्रजिअको जिम्मेवारी सम्हालेकी थिइन् । त्यसपछि दोस्रो महिला सीडीओको रूपमा २०७७ फागुन २० देखि २०७८ पुस २६ सम्म उपसचिव बन्दना राई सीडीओ थिइन् ।

राईको पालामा पहिलोपटक सीडीओ/सहायक सीडीओ दुवैजना महिला थिए । यद्यपि उपसचिवले सहायक प्रजिअ सम्हालेको यो पहिलो पटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *