राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम – Nepal Press

राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम

काठमाडौं । नेपालका आन्तरिक मामलाहरुमा टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा पनि आफ्नो राय प्रस्तुत गरेका छन् ।

राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लाइनमा उनले समर्थन जनाएका छन् ।

आज एउटा ट्वीट गर्दै मुनिले रानेपालमा राष्ट्रिय सहमतिको राष्ट्रपतिको ‘माग’ जायज भएको बताएका हुन् । साथै उनले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका छन् ।

उनले चार जनाको नामसमेत प्रस्तावित गरेका छन् । मुनिले प्रस्ताव गरेका नाम हुन्- डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भुतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला । यी नामहरुमा राजनीतिक वृत्तले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

3 thoughts on “राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने प्रचण्डको ‘लाइन’मा एसडी मुनिको समर्थन, सुझाए चार नाम

  1. यस्ता बुद्बु नेता भएका देशमा जनताहरुलाई सास्ती नै हुनेनै हुनेछ, जनताहरु पनि कम्ताका छैनन् ?

  2. अर्काको देशमा हस्तक्षेप गर्ने ए डाका !
    तेरो देशमा को ग़ैर राजनीतिक व्यक्ति राष्ट्रपति भएको छ ?

  3. अनुराधा कोइराला र लोकराज बराललाई पनि भनेछन् । बाबुरामलाई अब पत्याउन्नन भनेर होला कि नाम नलिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर