राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (भिडिओ) – Nepal Press

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (भिडिओ)

काठमाडौं । भारतसँगका दुई मैत्रीपूर्ण खेल खेलेर आइतबार नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ । प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रूपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्न सक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् ।

आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरुबिरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताइन् । उनले प्रीति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन् ।

यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीबिरुद्ध सुखद नतिजा निकाल्न सफल भएको बताइन् । दुई खेल मध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताइन् ।

बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रीति राईले भने जितको खोजीमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताइन् । अर्की खेलाडी अमिषा कार्कीले मैत्रीपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताइन् ।

एशियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औँ स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए ।

भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो ।

पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल भएकी थिइन् । यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर