जसपा बैठकः राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने, विचार मिल्नेसँग एकता गर्ने (भिडिओ) – Nepal Press

जसपा बैठकः राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने, विचार मिल्नेसँग एकता गर्ने (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने भएको छ । आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘राष्ट्रपतिबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन । कुनै पार्टीले अहिलेसम्म उम्मेदवार नै नटुंग्याएको अवस्थामा हामीले त्यसबारेमा थप छलफल गर्न आवश्यक छैन ।’

विचार र सिद्धान्त मिल्नेहरुसँग एकता गर्दै जानेमा पार्टीले नीति बनाएको उनले बताए ।

‘हामीले आधार बनाएर एकीकृत समाजवादीसहित अन्य पार्टीसँग छलफल गरिरहेको छ । वार्ता सकारात्मक रुपमा अघि बढेको छ । विचार मिल्लेहरुसँग सकेसम्म एकीकरण नभए मोर्चा गरेर अघि बढ्छौं’, अधिकारीले भने ।

उनले आजको बैठकमा पार्टीको विधान अधिवेशनको विषयमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर