तीन तहबीचको अन्तर सम्बन्धलाई थप सुदृढ बनाउनु पर्छ : मुख्यमन्त्री कार्की – Nepal Press

तीन तहबीचको अन्तर सम्बन्धलाई थप सुदृढ बनाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई थप सुदृढ बनाउनु पर्ने बताएका छन् ।

उनले तहअनुसार संविधानले निर्दिष्ट गरेको अधिकारलाई प्रयोग गरेर जानुपर्ने बताए । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश १ सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताका अपेक्षाहरुलाई पूरा गर्नु ३ तहका बीचमा समन्वय कायम गर्नु आजको आवश्यकता रहेको बताए ।

‘नेपालको संघीय शासन प्रणाली मौलिक र बिल्कुलै नयाँ छ’, उनले भने, ‘संविधान बमोजिम स्थापित प्रदेश संरचनालाई सुदृढ र जनचाहना बमोजिम अघि बढाउने सन्दर्भमा सबै राजनितिक दल, सरोकारवाला सम्पुर्णको सहयोग प्राप्त हुने अपेक्षा गर्दछु ।’

वि. सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा रहेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर