कुशल मल्लको लगातार अर्धशतक, नेपाल जितनजिक – Nepal Press

कुशल मल्लको लगातार अर्धशतक, नेपाल जितनजिक

काठमाडौं । नामिबियाविरुद्ध जारी म्याचमा मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक पुरा गरेका छन् । उनले लगातार दोस्रो खेलमा आक्रामक अर्धशतक बनाएका हुन् ।

नेपालले १४८ रनमा दोस्रो विकेट गुमाएपछि मल्ल ब्याटिङमा आएका थिए । उनले ४१ बलमै अर्धशतक पुरा गरे, जसमा चार चौका र चार छक्का समावेश छन् ।

कुशललाई नेपालका कप्तान रोहितकुमार पौडेलले क्रिजमा साथ दिइरहेका छन् । पौडेल पनि अर्धशतक नजिक छन् । यो समाचार लेख्दासम्म उनीहरुबीच ८४ रनको साझेदारी भइसकेको छ । रोहित ३२ रन बनाएर खेलिरहेका छन् । १७५ रनकाे चुनाैतिपूर्ण लक्ष्य पछ्याएकाे नेपाल जितनजिक पुगेकाे छ ।

कुशलले अघिल्लो म्याचमा स्कटल्यान्डविरुद्ध पनि महत्त्वपूर्ण अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर