दोस्रो मैत्रिपूर्ण खेलमा भारतसँग खेल्दै नेपाल – Nepal Press

दोस्रो मैत्रिपूर्ण खेलमा भारतसँग खेल्दै नेपाल

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाली महिला फुटबल टिमले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग नाटकीय बराबरी गरेको नेपाल आजको खेलमा भारतलाई पराजित गर्दै सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
भारतपनि घरेलु मैदानमा नेपाललाई पराजित गर्दै साफ सेमिफाइनलको बदला लिने योजनामा रहने छ ।

सेन्टर ब्याक गिता राना मगर घाइते भएका कारण नेपालको डिफेन्सलाईन केही  कमजाेर भने पक्कै रहने छ । पहिलो खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर