नामिवियाविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने – Nepal Press

नामिवियाविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले नामिवियाविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ।

कीर्तिपुरस्थित  क्रिकेट मैदानमा केहीबेरमा खेल सुरु हुने छ। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो।

हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

नेपालको प्लेइङ ११:
रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर