भलाई कोषमा एमाले कांग्रेस संस्थापन समूहको प्यानल विजयी – Nepal Press

भलाई कोषमा एमाले कांग्रेस संस्थापन समूहको प्यानल विजयी

रुपन्देही । यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलमा एमाले नेतृत्वको गठबन्धनका उम्मेदार दिनेश फुल्लेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । एमाले र कांग्रेसको संस्थापन पक्षबीच भएको गठबन्धनविरुद्ध कांग्रेसकै इतर समूहले उम्मेदवारी दिएको थियो ।

बिहीबारदेखि सुरु भएको कोषको २३ औं अधिवेशनमा अन्य पदहरुमा सहमति जुटेपनि अध्यक्ष, महासचिव र कोषाध्यक्षमा सहमति नजुटेपछि शुक्रबार निर्वाचन भएको थियो ।

यसअघि भलाईकोषका सबै पदहरुमा सहमतिमा नेतृत्व चयन गर्नका लागि नेपाली कांग्रेस र एमालेका बीचमा सहमति गरिएको थियो । तर, नेपाली कांग्रेसको असन्तुष्ट समूहले अध्यक्ष, महासचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि मतदानबाट नेतृत्व चयन भएको हो ।

मतदानबाट नेकपा एमाले नेतृत्वको प्यानलको प्यानल नै निर्वाचित भएको हो । निर्वाचनमा अध्यक्षमा दिनेश फुल्लेल, महासचिवमा योग गुरुङ र कोषध्यक्षमा प्रकाश नेपाल फराकिलो मतान्तरमा विजयी भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर