एमाले महोत्तरी, पर्सा र रौतहट जिल्ला कमिटी विघटन – Nepal Press

एमाले महोत्तरी, पर्सा र रौतहट जिल्ला कमिटी विघटन

जनकपुरधाम । नेकपा एमाले महोत्तरी, पर्सा र रौतहट जिल्ला कमिटी विघटन गरिएको छ । जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले नेता जयप्रकाश थारुले जानकारी दिए ।

उनका अनुसार अधिवेशनको बेला बिवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिती विघटन छ ।

बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश ईन्चार्ज रघुबिर महासेठ, सह ईन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर