बैंक तथा वित्तीय संस्थाहरूको ‘ज्यादती’ विरुद्ध प्रदर्शन, गरिखान पाउनुपर्ने माग (तस्बिरहरु/भिडिओ) – Nepal Press

बैंक तथा वित्तीय संस्थाहरूको ‘ज्यादती’ विरुद्ध प्रदर्शन, गरिखान पाउनुपर्ने माग (तस्बिरहरु/भिडिओ)

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरुले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थका कारण व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरुको गुनासो छ ।

उनीहरुले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ ब्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए । उनले आफुहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनले बैंकहरुले सोझा दमन गरेको र अन्याय हुँदा पनि सरकार मौन बसेको गुनासो गरे । आफ्ना मागहरुका बिषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको व्यवसायीहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *