२०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड टीभीएस एनटर्क १२५ रेस एक्सपीलाई – Nepal Press

२०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड टीभीएस एनटर्क १२५ रेस एक्सपीलाई

काठमाडौँ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।

१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।

स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टिभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको छ । भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । योे भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ ।

एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल ईन्जेक्सन (आरटि-एफआइ) ईन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ वल्व सिभिटीआई-रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रति घण्टा रहेको छ ।

एनटर्क १२५ रेस एक्सपीमा दुई ओटा ड्राईभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टि लुक दिएको छ । त्यस्तै, यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *