ओली भेट्न बालकोटमा प्रचण्ड : राष्ट्रपतिमा बन्ला सहमति ? – Nepal Press

ओली भेट्न बालकोटमा प्रचण्ड : राष्ट्रपतिमा बन्ला सहमति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेको छ ।

राष्ट्रपतिको निर्वाचनमा विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

गठबन्धनमा अविश्वास बढेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस हौसिएको छ । कांग्रेसले आफूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् ।

प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राखेपछि गठबन्धनमा अविश्वासका बढ्दै गइरहेको छ । तर, एमाले अध्यक्ष ओलीले भने पुस १० को सहमतिअनुसार आफ्नो पार्टीले पाउनुपर्ने अडानमा छन् ।

राष्ट्रपतिको चुनावका लागि मनोनयन मिति नजिकिँदै गर्दा ओली-प्रचण्डबीच भेटघाट बाक्लिएको छ । बिहीबार पनि यी दुई नेताले बालुवाटारमा झण्डै २ घण्टा छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर