स्कटल्यान्डविरुद्ध दिपेन्द्रको अर्धशतक – Nepal Press

स्कटल्यान्डविरुद्ध दिपेन्द्रको अर्धशतक

काठमाडौं । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरिले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्क्टल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्रले ७० बलमा एक छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यो उनको दोस्रो एकदिवसीय अर्धशतक हो ।

नेपाल ३१ ओभरको समाप्तिमा १८९/६ को स्थितिमा छ । क्रिजमा दिपेन्द्र र गुलसन झा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर