सन्दीपको हौसला बढाउन त्रिवि क्रिकेट मैदानमा बुबाआमा – Nepal Press

सन्दीपको हौसला बढाउन त्रिवि क्रिकेट मैदानमा बुबाआमा

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत नेपालमा भइरहेको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा घरेलु टोलीले खेलेका खेलमा सन्दीप लामिछानेका बुबाआमा नै त्रिवि क्रिकेट मैदानको दर्शक दीर्घामा देखिएका छन् ।

उनीहरु दुवै जना शुक्रबार नेपालले स्कटल्यान्डसँग खेलिरहेको खेल हेर्न मैदान पुगेका छन् । यसअघि तीन दिनअघि नामिबियासँग नेपालले खेलेको खेल हेर्न पनि सन्दीपका बुबाआमा मैदान पुगेका थिए ।

सन्दीपलाई राष्ट्रिय टोलीमा राखेको विषयमा एउटा समूहले विरोध गरिरहेका बेला उनका बुबाआमा दर्शक दीर्घामा बसेर छोराको हौसला बढाइरहेका छन् । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनका बुबाआमा चितवनबाट काठमाडौं आएका छन् ।

पाटन उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि यतिवेला सन्दीप बुबाआमासँग बसिरहेका छन् । यसअघि न्दिीप काठमाडौंमा एक्लै बस्दै आएका थिए ।

सन्दीपले नामिबिया र स्कटल्यान्डविरुद्धको दुइटै खेलमा ३–३ विकेट लिएका छन् ।

टीयू मैदानमा दर्शकले पनि सन्दीपको नाम लेखिएको टीसर्ट तथा प्लेकार्ड बोकेर नेपाली टीमको समर्थन गरेका छन् ।

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *