सन्दीपले दुई विकेट लिँदा नेपाललाई चाैथाे सफलता, स्कटल्यान्ड दबाबमा – Nepal Press

सन्दीपले दुई विकेट लिँदा नेपाललाई चाैथाे सफलता, स्कटल्यान्ड दबाबमा

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

सन्दीप लामिछानेले दाेस्राे विकेट लिँदा नेपालले चाैथाे सफलता पाएको हो । यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।

स्कटल्यान्डले १६.१ ओभरमा ६३ रन बनाउँदा चौंथो विकेट गुमाएको हो । अहिले ब्रान्डेन म्याकमुलन र क्रिस ग्रेभ्स क्रिजमा छन् । स्कटल्यान्डका ब्याट्सम्यानले नेपालका स्पिनरहरुलाई खुलेर खेल्न सकेका छैनन् ।

नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । स्कटल्यान्डका दुवै ब्याट्सम्यानलाई कुशल मल्लले पेभिलियन फर्काएपछि सन्दीपले थप दुई विकेट लिएका हुन् । अघिल्लो म्याचमा अत्यधिक रन खर्चेका सन्दीपले आज निकै कसिलो बलिङ गरिरहेका छन् । आजको पिचले बलरहरुलाई सहयोग गर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर