घरबाट धेरै गाली खाएका राेहितसँगै त्रिशलाले गरिन् विवाह – Nepal Press

घरबाट धेरै गाली खाएका राेहितसँगै त्रिशलाले गरिन् विवाह

काठमाडौं । गायिका डा. त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग लगनगाँठो कसेकी छन् । संगीतकार रोहित उनै हुन्, जसलाई त्रिशलाको प्रेमी भनेर सञ्चारमाध्यमले सार्वजनिक गर्दा घरपरिवारबाट त्रिशलाले धेरै गाली खानुपरेको थियो ।

त्यसवेला त्रिशलाले रोहितसँग आफ्नो कुनै अफेयर नभएको र सञ्चारमाध्यममा आएका समाचार झूटो भएको स्पष्टीकरण दिएकी थिइन् । त्रिशलाले प्रेमील स्टाट्ससहित आफ्नो र रोहित शााक्यको जोडी फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सञ्चारमाध्यमले समाचार बनाएका थिए । जुन पोष्ट भाइरल नै भएको थियो ।

त्यसपछि राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा त्रिशलाले आफ्नोबारे आएका सबै समाचारहरु झूटो भएको र यस्ता अनावश्यक समाचारहरुले घरपरिवारमा पनि समस्या निम्त्याएको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘यो सब जे पायो त्यही समाचार हो । रोहित मेरो प्रेमी होइनन् । पोष्ट मलोनको ‘अ ह्यापियर सङ्ग’ बोलको गीत त प्रायः सबैले सुन्नु नै भएको होला । फ्रेन्डसीपवाला गीत हो त्यो । एउटा शो थियो त्यसैले मिल्ने साथीको नाताले फोटो खिचेर पोष्ट गरेको हुँ । मैले मेरो स्टाटसमा सोही गीतको लिरिक्स लेखेको हो । तर, सबैले रिलेसनसिपको समाचार बनाइदिनुभयो । प्रेम सम्बन्ध भन्ने नाम दिनुभयो । यही समाचारको कारणले मैले घरमा धेरै गाली खाएँ । गाली खाएकाले गर्दा अहिलेको कार्यक्रममा समेत म ढिला आइपुगेको छु ।’

तर, त्रिशलाले उनै गालीवाला रोहितसँग बिहीबार विवाह गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *