धाप ड्याम उद्घाटन गर्दै ऊर्जामन्त्री लिङ्देनले वागमती ड्याम छिटो सम्पन्न गर्न दिए निर्देशन – Nepal Press

धाप ड्याम उद्घाटन गर्दै ऊर्जामन्त्री लिङ्देनले वागमती ड्याम छिटो सम्पन्न गर्न दिए निर्देशन

काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले सुन्दरीजलबाट १८ किमि टाढा धाप ड्यामका उद्घाटन गरेका छन् । गोकर्णेश्वर नगरपालिका १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको ड्यामको उद्घाटन भएको हो ।

ड्यामको उद्घाटन गर्दै उपप्रधानमन्त्री लिङ्देनले निर्माणबाट वागमती सभ्यताको संरक्षण एवं वागमती सफाइका लागि उदाहरणीय काम भएको बताए ।

उनले भने, ‘धाप ड्याम जस्तै अर्को वागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिनुहुँदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुन्छ । यसले जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्छ ।’

महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्त्वको कार्य प्रारम्भ गरिनु सुखद भएको उनको भनाइ छ ।
हरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए ।

परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्याउन निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर