मौद्रिक नीतिको समीक्षायता नेप्सेमा लगातार गिरावट – Nepal Press

मौद्रिक नीतिको समीक्षायता नेप्सेमा लगातार गिरावट

काठमाडौं । नेप्से परिसूचकमा केहीदिनयता निरन्तर गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंकले घटेको हो ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ ।

आज २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता शेयरको खरिदबिक्रीमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रूपैयाँ बराबरको कारोबार भयो । बुधबारको तुलनामा बिहीबार नेप्से कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ५.२३ प्रतिशत बढेको छ । युनिलिभर नेपालको शेयरमूल्य ५.९१ प्रतिशत घटेको छ ।

बिहीबाको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रूपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *