संसदलाई ‘बिजनेश’ नदिएको भन्दै राष्ट्रियसभाका सांसदहरूले गरे सरकारको आलोचना (भिडिओ) – Nepal Press

संसदलाई ‘बिजनेश’ नदिएको भन्दै राष्ट्रियसभाका सांसदहरूले गरे सरकारको आलोचना (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले ‘बिजनेश’ नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रति नै असन्तुष्टि जनाए । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि जनाए ।

‘बैठक भनेर समय बिताउने मन्त्रीहरूको तौरतरिका ठीक भएन बताउनु भयो । बेलुका सचिवसँग छलफल गरेर मन्त्रीहरूले दिनभर काम गर्नुपर्‍यो ।

‘बिहान मन्त्री र सचिव दुई घण्टा बैठक भनेर बसेका छन् । दिउँसो त्यसो गरेपछि त्यत्तिकै बित्छ नि । बेलुका सचिवसँग बसेर भोलिका लागि कामको बारेमा छलफल गरे पो हुन्छ । मन्त्रीहरूको काम गर्नै तौरतरिका एकदम गलत भयो । संघीयता हामीले ल्यायौं । समितिहरू धेरै भए ।’

नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘बिजनेश’ नै दिन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।

सांसद पन्तले भनिन्, ‘निजामती ऐन कता लुकेको छ ? अहिलेको यो सरकारले बिजनेश नै दिएन पार्लियामेन्टलाई । ऐन भटाभट आउनु पर्‍यो । समिति बस्छन । त्यस विषयमा छलफल गर्छन् । ऐनकै अभावमा प्रदेश र स्थानीय तहले कानून बनाएर काम गर्न सकेका छैनन् ।’

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भिर भएर लाग्न पनि सबै जनप्रतिनिधिलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर