अखिल निर्वाचन- समिकलाई समर्थन जनाउँदै वाङ्छु योञ्जनको उम्मेदवारी फिर्ता, चुनावी मैदानमा ४ जना – Nepal Press

अखिल निर्वाचन- समिकलाई समर्थन जनाउँदै वाङ्छु योञ्जनको उम्मेदवारी फिर्ता, चुनावी मैदानमा ४ जना

काठमाडौं । अनेरास्ववियुको अध्यक्ष पदका उम्मेदवार वाङ्छु योञ्जनले मतदान सुरू हुनुभन्दा केही क्षण अगाडि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निवर्तमान उपाध्यक्ष योञ्जनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । पार्टी नेतृत्वको सल्लाहमा आफूले विद्यार्थी आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउन उम्मेदवारी फिर्ता लिएको योन्जनले बताएका छन् ।

उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै अध्यक्षका अर्का उम्मेदवार समिक बडाललाई समर्थन जनाएका छन् । अब अध्यक्षको प्रतिस्पर्धामा आरसी लामिछाने, समिक बडाल, मोती विक र लोकेश निरौला मैदानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर