धर्ना माविमा दलीय निर्वाचन- कांग्रेस, माओवादी र घण्टीको गठबन्धन हराउँदै एमाले विजयी – Nepal Press

धर्ना माविमा दलीय निर्वाचन- कांग्रेस, माओवादी र घण्टीको गठबन्धन हराउँदै एमाले विजयी

घोराही । मावि धर्नाको नयाँ विद्यालय व्यवस्थापन समितिको लागि भएको निर्वाचनमा कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित गठबन्धनलाई हराउँदै एमाले समर्थित एकल प्यानल विजयी भएको छ ।

चार सदस्यका लागि भएको निर्वाचनमा एमाले समर्थित प्यानल ५० मतअन्तरले विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार जितबहादुर केसीले २ सय ४४, राजकुमार चौधरीले २ सय ४२, पूजा घर्तीले २ सय ४५, गीता विकले २ सय ४३ मत पाएर विजयी भएका छन् ।

माओवादी, कांग्रेस र स्वतन्त्र पार्टी समर्थित गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनीहरूका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र पार्टीका सदस्य लुमबहादुर केसी १ सय ९४, अनिल चौधरी १ सय ९६, कल्पना नेपाली १ सय ९५ र हिमा डाँगी १ सय ९३ मत प्राप्त गरेका छन् ।

विजयी सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै प्रमाण पत्र घोराही उपमहानगरका शिक्षा शाखा प्रमुख नारायण पौडेल, कार्यालयकै अधिकृत घनश्याम वली, घोराही ५ का वडा अध्यक्ष विवेक बुढाथोकीले प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर