७ वर्षपछि अनेरास्ववियुमा निर्वाचन हुँदै, यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित) – Nepal Press

७ वर्षपछि अनेरास्ववियुमा निर्वाचन हुँदै, यस्तो छ उम्मेदवारहरूको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं । अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन् ।

७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार धेरै भएका हुन् ।

एक अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जना उम्मेदवार बनेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन् ।

महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् ।

कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन् । १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।

यी हुन् अनेरास्ववियुका उम्मेदवार

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर