आर्सनललाई पराजित गर्दै सिटी शीर्ष स्थानमा – Nepal Press

आर्सनललाई पराजित गर्दै सिटी शीर्ष स्थानमा

काठमाडौं । आर्सनललाई ३-१ गोलको नतिजामा पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधवार राति आर्सनलको घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र एर्लिङ हालाणन्डले एक रएक गोल गरे । भने,आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।

खेलको २४औँ मिनेटमा ब्रुएनको गोलबाट सिटीले अग्रता लिएको थियो ।

साकाले ४२ औँ मिनेटमा पेनाल्टीमार्फत आर्सनलका लागि बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ बराबरिमा सकिएको खेलको दोस्रो हाफ रोमाञ्चक बनोको थियो । आर्सनलमाथि निरन्तर आक्रमण गरेको सिटीका लागि ७२औँ मिनेटमा ग्रेलिसले गोल गर्दै २-१ को अग्रता दिलाए ।

हालान्डले ८२ औँ मिनेटमा गोल गर्दै शीर्ष स्थानमा पुगेको सिटीको जित ३-१ ले सुनिश्चित गरे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर