अखिलको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान, अध्यक्षमा पाँच जनाको उम्मेदवारी – Nepal Press

अखिलको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान, अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरु मोती विक, लोकेश निरौला, वाङ्छु योन्जनले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेको बताए ।

बडाल नेतृत्वको पूर्व कमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ ।

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी  महाधिवेशनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ ।

मङ्गलवारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतबार सुरु भएको हो महाधिवेशन आजसम्म चल्नेछ ।

प्रतिक्रिया

One thought on “अखिलको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान, अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  1. फेसबुकमा एक दुई कमेन्ट लेखेर झारा टार्ने नेतृत्व होइन विद्यार्थी हकहित स्थापित गर्ने नेतृत्व चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर