२८ जना उपसचिवको सरुवा तथा पदस्थापन, २५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित) – Nepal Press

२८ जना उपसचिवको सरुवा तथा पदस्थापन, २५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । सरकारले २८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीलाई सरुवा तथा पदस्थापन गरेको हो ।

बढुवा नियुक्त भएका उपसचिवमध्ये २५ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ ।

स्थानीय तहमा पदस्थापन गरिएका उपसचिवलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कामकाज गर्न खटाइएको हो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएका दुई जनालाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा ९ र अख्तियारमा पठाइएका उपसचिव रामबहादुर तामाङलाई निजामती सेवा ऐन, २०४९ को दफा ५ को उपदफा १ बमोजिम पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *