भारतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक – Nepal Press

भारतविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं । भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजानिक गरिएको छ ।

जवारलाल नेहेरु स्टेडयम चेन्नाईमा नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुने खेलमा नेपाल एन्जीला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिदै छ ।

सुरुवाती ११ मा अग्रपंक्रिको जिम्मा अमिसा कार्की, रस्मि घिसिङ र साबित्रा भण्डारीले पाएका छन् । बिमला चौधरी, अनिता केसी र सरु लिम्बुले मिडफिल्ड सम्हाल्नेछन् भने । डिफेन्समा हिरा कुमारि भुजेल, गिता राणा, अमृता जैसी र समिक्षा घिमिरे रहेका छन् ।

गोलपोष्टको जिम्मा कप्तान एन्जिलालाई दिईएको छ । पछिल्लो समय भदौमा काठमाडौंमा आयोजना गरिएको महिला साफ च्याम्पियनसिपमा आमने सामने भएका भारत र नेपाल ६ महिना पछि एक अर्काविरुद्ध खेल्दैछन् ।

महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलको नतिजामा पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।
आजको खेलमा भारत नेपालसँग घरेलु मैदानमा हारको बदला लिने रणनितिसहित मैदान उत्रिनेछ । भने, नेपाल लगातार भारतमाथि जित निकाल्ने लक्ष्यमा छ ।

यस खेललाई ओलम्पिक छनोटको तयारिका रुपमा लिइएको छ । दोस्रो मैत्रिपूर्ण खेलमा भारत र नेपाल सनिबार प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर