क्रिकेटको तीनै फर्म्याटमा भारत शीर्ष स्थानमा – Nepal Press

क्रिकेटको तीनै फर्म्याटमा भारत शीर्ष स्थानमा

काठमाडौं । भारत आईसीसी बरियताको तीनै फर्म्याटमा शीर्ष स्थानमा रहेको छ । टी-२० आई र ओडीआईमा यसअघि नै शीर्ष स्थानमा रहेको भारतले टेस्ट वरियतामा पनि शीर्ष स्थान लिएको हो ।

बुधबार आईसीसीले सार्वजानिक गरेको नयाँ वरियताअनुसार अस्ट्रेलियालाई पछि पार्दै भारत टेस्ट वरियताको पनि शीर्ष स्थानमा उक्लिएको हो ।

भारतमा जारी चार खेलको टेस्ट शृंखलामा पहिलो खेलमा १३२ रनको सानदार जीत निकालेपछि भारतले वरियतामा अस्ट्रेलियालाई पछि पारेको हो । अब दोस्रो टेस्ट फेब्रुअरी १७ देखि २१, तेस्रो मार्च १ देखि ५ र चौथो मार्च ९ देखि ११ सम्म हुनेछ ।

टेस्ट वरियताको दोस्रो स्थानमा अस्ट्रेलिया, तेस्रोमा इङल्यान्ड, चौथोमा न्यूजिल्यान्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेको छ ।

यस्तै ओडीआईको दोस्रो स्थानमा अस्ट्रेलिया, तेस्रोमा न्यूजिल्यान्ड र चौथोमा इङल्यान्ड रहँदा पाँचौं स्थानमा पाकिस्तान रहेको छ ।

टी-२० आईको दोस्रो स्थानमा इङल्यान्ड, तेस्रोमा पाकिस्तान र चौथोमा दक्षिण अफ्रिका रहँदा पाँचौं स्थानमा न्यूजिल्यान्ड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर