विदेशी नागरिकता त्यागेर नेपाल फर्केकालाई अंगीकृत नागरिकता दिन माग – Nepal Press

विदेशी नागरिकता त्यागेर नेपाल फर्केकालाई अंगीकृत नागरिकता दिन माग

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा अंगीकृत नागरिकता दिनुपर्ने माग गरेका छन् ।

मधेस प्रदेशसभा बैठकमा बोल्दै सांसद महतोले यस्तो माग गरेका हुन् । उनले विदेशमा गएर विदेशी नागरिकता लिने र नेपाल फर्केपछि पुनः वंशज नागरिकता लिन सक्ने ०६३ को नागरिकता ऐनमा रहेको प्रावधान हटाउनुपर्ने माग गरे ।

उनले भने, ‘नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ एसमोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन् । यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’

नेपालको नागरिकता त्यागेका व्यक्तिलाई पुनः त्यही स्टेटस दिनु देशको सुरक्षाका लागि थ्रेट हो- सांसद महतोको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर