नेप्सेमा लगातार ओरालो, आज १३ अंकले घट्यो – Nepal Press

नेप्सेमा लगातार ओरालो, आज १३ अंकले घट्यो

काठमाडौं । लगातार ओरालो लागेकाे नेप्से परिसूचक साताको चौंथो दिन वुधबार पनि दोहोरो अंकले घटेको छ । वुधबार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ ।

आज ४८ लाख १५ हजार १२० कित्ता सेयरको खरिदबिक्रि हुदा बजारले १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कारोबारमा रहेका उपसमूहमा मेन्युफ्याक्चरी्ं एण्ड प्रोसेसि समूह बाहेका बाकि १२ उससमूहको सेयर मूल्य घटेको छ । अपि पावर कम्पनीले ६ करोड २० लाख ९ हजार ३०३ रुपैयाँको कारोबार गरेर शिर्स स्थानमा रहेको छ ।

सर्वधिक नाफ कमाउनेमा क्रमश युनिलीभरर नेपाल, बाराहि हाइड्रो पावर र करपोरेट डेभलेपमेन्ट बैंक रहेका छन । यस्तै, शर्वाधिक गुमाउनेमा गरिमा डेवेन्चर २०८५, विजय लघुवित्त वित्तीय सस्था र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी बजार पुजीकरण भने ३० खर्ब १८ अर्ब रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *