आज नागरिक उन्मुक्तिको पहिलो स्थापना दिवस, टीकापुरमा विभिन्न कार्यक्रम गरी मनाइँदै – Nepal Press

आज नागरिक उन्मुक्तिको पहिलो स्थापना दिवस, टीकापुरमा विभिन्न कार्यक्रम गरी मनाइँदै

कैलाली । नागरिक उन्मुक्ति पार्टीले आज आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । पार्टीको प्रधान कार्यालय कैलालीको टीकापुरमा एक कार्यक्रमका बीच स्थापना दिवस मनाउन सुरु गरिएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रन्जिता चौधरी, महासचिव रतन थापा केन्द्रीय प्रवक्ता दामोदर पण्डित उपस्थित छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीसहितका सांसद र लुम्बिनी प्रदेशबाट पनि प्रदेशबाट पनि प्रदेशसभा सदस्यहरू उपस्थित छन् ।

एक वर्ष पहिलो आजकै दिन निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीका ३ पालिकामा प्रमुख र उपप्रमुख तथा एक पालिकामा प्रमुख जितेको थियो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश तर्फ सुदूरपश्चिममा प्रत्यक्ष ५ र समानुपातिक २ सांसद पाउँदा प्रतिनिधि सभातर्फ प्रत्यक्ष ३ सांसद जितेको थियो । लुम्बिनी प्रदेशमा पनि प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ र प्रदेशमा २ सांसद जित्दा २ सांसद समानुपातिक थपिए । मधेस प्रदेशमा पनि नागरिक उन्मुक्तिका एक सांसद छन् ।

स्थापना भएको एक वर्षभित्रै पाएको यो सफलताले अझै उत्साहित बनाएको पार्टी प्रवक्ता दामोदर पण्डित बताउँछन् । आज स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।

पहिलो बर्ष पाएको सफलता अझै बढ्दै जाने केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । ‘हामीले जनाको मुद्धा बोकेका छौँ’, उनले भनिन्, ‘हामीलाई आम जनताको साथ छ अझै साथ बढ्दै जाने अपेक्षा गरेका छौँ’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर