कर्णालीमा कस्तो छ उद्योगधन्दा दर्ताको अवस्था ? (भिडिओ) – Nepal Press

कर्णालीमा कस्तो छ उद्योगधन्दा दर्ताको अवस्था ? (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशमा ठूला उद्योगहरु दर्ता संख्या न्यून देखिएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दर्ता हुने ठूला उद्योगहरुको संख्या न्यून रहेको पाइएको छ। मन्त्रालयमा लघु, घरेलु, साना, मझौला, र ठूला उद्योग दर्ता गर्दै आएका छ । तर कर्णालीमा ठूला उद्योग दर्ता नभएको पाइएको हो ।

सङ्घीयता यता कर्णालीमा ४८ हजार वाणिज्य फर्म र ३४ हजार उद्योग दर्ता भएका छन् । दर्ता भएका मध्ये वन, कृषि र उद्योग बढी दर्ता हुने गरेका छन् भने सबैभन्दा कम सञ्चार उद्योग, पर्यटक, खानी दर्ता हुने गरेका छन् ।

साथै, यस आर्थिक वर्षको छ महिना यता २ हजार वाणिज्य फर्म र १५ सय कृषि, वन, लघु, र घरेलु उद्योग दर्ता भएका छन् । साना उद्योगमा कर्णालीमा कच्चा पदार्थमा आधारित रहेर दर्ता भएको पाइएको छ ।

कर्णालीको परिवर्तन र आर्थिकमा वृद्धि ल्याउनका लागि मझौला र ठुला उद्योग दर्ता हुन आवश्यक रहेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव मोहनदेव जोशीले बताए । परिवर्तनमा कमी आउनुमा पूँजी, प्रवृद्धि, ज्ञान र सिपको कमी देखिएको सचिव जोशीको भनाइ छ ।

उनले भने, ‘कर्णाली प्रदेश सरकारले स्थानीय कर्चा पदार्थमा आधारित रहेर ठुला उद्योगलाई कसरी पूर्णता गर्न सकिन्छ । कर्णाली प्रदेश सरकारले त्यसका लागि के कस्ता नीति तयार पार्नुपर्ने हुन्छ, अथवा के कस्ता अनुदान सहयोग गर्नुपर्ने हो भनेर कर्णाली सरकारले मे किङ्न कर्णाली कार्यक्रम ल्याएको छ । यस आर्थिक वर्षमा प्रदेशको औद्योगिक, व्यवसायका लागि नीति ल्याउने तयारीका छौँ ।’

यस आर्थिक वर्षमा औद्योगिक व्यवसाय नियमावली र व्यापार, व्यवसाय दर्ता नियमावली पारित गर्ने जोशीले जानकारी दिए । यद्यपि उक्त नियमावली पारित भएपछि ५ लाख भन्दा कम उद्योग फर्म र १० लाख भन्दा कम पुजी भएका वाणिज्य फर्महरू स्थानीय तहको जिम्मेवारीमा रहने र त्यो भन्दा माथिका उद्योग वाणिज्य फर्महरू प्रदेश सरकारको हेर्ने प्रस्ताव रहेको जोशीले बताए ।
उनले भने, ‘कर्णालीमा साना उद्योगको सङ्ख्या धेरै, कर्मचारीको सङ्ख्या कम र पुँजीको अभावका कारण अपेक्षा अनुसारको सफलता पाउन छैन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *