संसदमा सोविताको ध्यानाकर्षण- जनताको आर्थिक शोषण गर्ने लघुवित्त र सहकारीलाई कडा नियमन र कारबाही गरौँ (भिडिओ) – Nepal Press

संसदमा सोविताको ध्यानाकर्षण- जनताको आर्थिक शोषण गर्ने लघुवित्त र सहकारीलाई कडा नियमन र कारबाही गरौँ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारी संस्थाले निम्न वर्गीय जनतालाई ऋणमाथि ऋण बोकाएर रसातलमा पुर्‍याउने काम गरेको बताएकी छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रबैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने माग राखिन् ।

सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय जनतालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको लघुवित्त र सहकारी संस्थाहरू अत्यधिक मुनाफा कमाउन मात्रै केन्द्रित रहेको गौतमको आरोप थियो ।

देशको खस्कँदो अर्थतन्त्र, बेरोजगारी र महँगीका कारण ऋण लिनुपर्ने बाध्यताको लाभ उठाउँदै साहूहरू घरघरमै गएर विना धितो ऋणको प्रलोभन देखाउने गरेको उनको भनाइ छ ।

‘आर्थिक शोषणमा परेका कतिपय ऋणीले ऋणको तनाव सहन नसकेर आत्महत्या बाध्य भइरहेका छन्,’ उनले भनिन्, ‘ऋण तिर्नै नसक्ने एउटै व्यक्तिलाई पनि दर्जनौँ संस्थाले ऋण दिएको पाइएको छ ।’

यदि राष्ट्र बैंक आफैले नियमन गर्न नसक्ने भए दोस्रो तहको नियमनकारी निकाय गठन गरी नियमन गर्न र वित्तीय साक्षरता बढाउने कार्यक्रम लिएर आउन उनले अनुरोध गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर