आजको विनिमय दर : अमेरिकी डलरमा सामान्य वृद्धि – Nepal Press

आजको विनिमय दर : अमेरिकी डलरमा सामान्य वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

मङ्गलवार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

उता, युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो । मङ्गलवार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६९  पैसा कायम भएको थियो ।

बुधवार २ रुपैयाँ ११ पैसाले वृद्धि भई बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रुपैयाँ ९ पैसा र बिक्री मूल्य १६१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।  यसअघि मङ्गलवार यसको खरिददर १५८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसामा कारोबार थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *