१४ फेब्रुअरी करण केसीको दिन हो : कप्तान रोहित – Nepal Press

१४ फेब्रुअरी करण केसीको दिन हो : कप्तान रोहित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरु एक दिवसीय श्रृंखलामा नामिबियामाथि ऐतिहासिक जित निकालेपछि नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले आजको दिन करण केसीको नाममा समपर्ण गरेका छन् ।

नेपाली क्रिकेटमा ‘भ्यालेनटाइन ब्वाई’ को रुपमा परिचित छन् तीव्र गतिका बलर करण केसी । करिब दुई वर्षअघि नेपाललाई एकदिवसीय मान्यता दिलाउन करणले ‘फेब्रुअरी १४’ अर्थात भ्यालेनटाइन डेका दिन आईसीसी विश्व डिभिजन लिग २ मा क्यानाडाविरुद्ध जित्नै पर्ने खेलमा अन्तिम विकेटमा आउँदै महत्वपूर्ण इनिङ खेलेर नेपाललाई जित दिलाएका थिए ।

त्यही दिनदेखि उनले भ्यालेनटाइन ब्वाइको उपमा पाए । संयोगवश आज पनि भ्यालेन्टाइडे परेको थियो र करणले नेपालका लागि उत्कृष्ट बलिङ साथै ब्याटिङमा उत्कृष्ट फिनिस गरेका थिए । उनले २१ बलमा १ चौका र दुई छक्कासहित अविजित २० रनको इनिङ खेले भने १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । त्यसैले पनि आजको दिन उनको लागि झनै विशेष रह्यो ।

खेलपछि बोल्दै कप्तान रोहितले पनि आजको दिन करण केसीको दिन रहेको बताएका थिए । ‘१४ फेब्रुअरी करण केसीको दिन हो । आफ्नो विषेश दिनलाई बलिङ ब्याटिङ दुवैमा राम्रो गरेर उसले झनै विषेश बनाएको छ ,’ उनले भने ।

यस्तै, आजको खेलको जितले बाँकी खेललाई हौसता बढाएको र गौरवान्वित महसुस भएको उनले बताए । ‘आजको खेलमा हामीले इतिहास रच्यौ । धेरै कुसी छु मैले ओडीआईमा धेरै रन बनाए । आजको जितले अरु खेललाई राम्रो गर्न हौसला दिएको छ,’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर